केहि समयको लागि स्थायी समिति बैठक पर सर्यो ,

साउन २ ,काठमान्डौ – शुक्रबार बिहान ११ बजेको लागि बोलाईएको स्थायी समति बैठक ३ बजे सम्मको लागि स्थगित गरिएको छ।

बैठकको लागि भनेर सबै स्थायी समिति सदस्यहरु वालुवाटारमा पुगेका थिए। त्यो भन्दा पहिले प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल चलिरहेको छ।

छलफलको लागि समय अपुग भएको भन्दै बैठक ३ बजे सम्मको लागि पर धकेलीएको हो।

नेकपामा देखिएको आन्तरिक कलह मिलाउन दैनिक जस्तो ओली प्रचण्डबीच छलफल चलिरहेको छ।