surkhet

कर्णालीका ९ जिल्लामा ठुलो संख्यामा सलहको प्रवेश ,

surkhet

साउन २ ,सुर्खेत – कर्णाली प्रदेशको विरेन्द्रनगरमा अठुलो संख्यामा सलह देखिएको छ। बिहिबार र शुक्रबारमा सुर्खेत सल्यानका भू भागमा सलहको ठुलो बथान प्रवेश गरेको हो।

सुर्खेत वीरेन्द्रनगरको सुब्बाकुना,पिपिरा, नेवारे, इत्राम लगायतका ठाँउबाट उपत्यकाका ठुलो संख्यामा सलह पसेको कृषि मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कृषि विज्ञ हरि पण्डितले बताए।

अहिले कृषकहरु लाई थाल बजाउँदै, आगो बाल्दै खेतबारीमा पस्न पनि सल्लहा दिईएको छ । अहिले किसानको मुख्यबाली मकै खेत बारीमा फसटाउदै छ तेस्तै धानको ब्याडमा साहला पसेर नोक्सान बनाउने होकी भन्नेमा किसान चिन्तित छन्।

Dailekh
Gorkha

कर्णाली प्रदेशको मुगु बाहेक ९ जिल्लामा सलह पुगेको हरि पण्डितले बताए। कर्णाली प्रदेशमा सलह प्रवेश गरेपछि किसानले ठुलो भोकमारी क्षति बोहोर्नुपरने हो कि भनेन आम कृषकमा चिन्ता पसेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

सहलले क्षति पुर्याएका किसानलाई राहत पुर्याउने तयारि गरेको पनि केसीले बताईन। उनका अनुसार विशेष टोलि बनाएर फिल्डमा पठाउने तयारि भईरहेको छ।

कुन कुन जिल्लामा सलहले कति बालि नाली क्षति गरेको छ तेस्को विवरण हेरी किसानलाई क्षति उपलब्ध गराईने छ केसीले बताईन।

salyan