उद्योग बाणिज्य संघ-भेरिको भेरिगंगा नगरपालिकालाई ८ बुदे मागपत्र ,

साउन २ ,सुर्खेत – सुर्खेतको पुर्बी बेल्डमा रहेका उद्योग बाणिज्य संघ-भेरिले उद्योगी व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै आज शुक्रबार भेरिगंगा नगरपालिकालाई विभिन्न ८ बुँदे मागपत्र बुझाएका छ ।

उद्योग बाणिज्य संघ भेरिले संघीय तथा स्थानिय सरकारहरुले लिदै आएको कर तथा सुल्कहरु मिनाह वा छुट गर्नुपर्ने,बैंकऋणको लकडाउन अवधिको ब्याज मिहाना गर्नुपर्ने, घरवहाल कर छुट गर्नुपर्ने लगायतका ८ बुँदे मागपत्र बुझाएको हो ।

कोरोना महामारीको विषम परिस्थितमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् ।

शुक्रबार बिहान ७ बजे देखि १० बजे सम्म सुर्खेतको पुर्बी बेल्डका सबै पसलहरु बन्द गरि उद्योगी व्यवसायीहरु सहित शान्तिपुर्ण बिरोध र्यालीसहित भेरिगङ्गा नगरपालिकाको कार्यालयमा गएका थिए ।

उद्योग बाणिज्य संघ – भेरिका अध्यक्ष सोमराज ढकाल र महासचिब पुर्ण बहादुर खत्रीले भेरिगङ्गा नगरपालिकाका उप-प्रमुख रेणु आचार्यलाई ८ बुंदे ज्ञापनपत्र बुजाउनु भयो ।

बन्दाबन्दी खुलेको ६ महिना पछि मात्र मु.अ.क र अन्य शुल्क बुझाउने र सो अबधिभरको कुनै अतिरिक्त जरिवाना हर्जना लिन नपाइने ब्यबस्था मिलाउनु पर्ने व्यवसायीहरुको भनाई छ ।

साथै सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनु पर्ने पनि उनीहरुले बताएका छन् ।