साढे ३३ केजी सुन प्रकरण झन् रहस्यमय बन्दै फेरी अर्का डिएसपि प्रजित पनि पक्राउ ,,
वैशाख,१६ काठमाडौं – तस्करीको साढे ३३ केजी सुन गायब प्रकरण झन् झन् रहस्यमय बन्दै गयको छ।
आज भोलि सबैको आँखा यहि समाचार तिर निर्देसित हुने गरेको पाईन्छ ।किन कि यो प्रकरणमा अहिले सम्म नेपाल प्रहरीका उच्च लेबलका कर्मचारी हरु धमा धम पक्राउ हुने गरेका छन् ।
तस्करीको सुन प्रकरणमा हत्या गरिएका सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पनि पक्राउ परेका छन् ।
घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो । र, शुक्रबार उनी मोरङ पुगेका थिए ।
आइतबार बयानपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।
प्रहरीका अनुसार उनको बयान चित्त बुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो ।
यसअघि गत १८ फागुनमा केसी नेतृत्वको प्रहरी टोलीले बिराटनगरको पोखरियामा गाडीको डिकीबाट सनम शाक्यको शव बरामद गरेको थियो ।
उनीहरुले साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेतीलाई खोज्दै धरान र बिराटनगरसम्म पुगेको बताउँदै आएका छन् ।
टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् । उनीहरुलाई बिराटनगर पठाउने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनी पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
अहिले सम्म यो सुन प्रकारमा दूई जनाको ज्यान गयको छ ।
२२ जना पक्राउ २१ जना फरार र ३८ जनाको घर जग्गा रोक्का गरियको छ ।