प्रधानमन्त्री ओलीको अभिव्यक्तिले गर्दा वनारसमा एक नेपालीको यो हालत कपाल मुण्डन देखि श्रीराम ,

साउन ३ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले अयोध्याबारे दिएको आभिब्यक्तिले एक नेपालीले भारतमा यो दुख भोग्नु परेको छ।

वनासरमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरि श्रीराम समेत लेखिएको छ भने उनलाई दुर्व्यवहार गरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएको छ ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गरेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । वनारस प्रहरीले सन्तोष पाण्डे नाम गरेका एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

बनारस प्रहरीका अनुसार पक्रा परेका ब्याक्तिलेनै उक्त भिडियो बनाएका थिए ,उनको मोबाईलमा पनि सो भिडियो फेला परेको छ।

घटनामा संलग्न अन्य ब्यातिकोपनि पहिचान भैइसक्केओ र छिट्टै पक्राउ गरि कारबाही गरिने बनारस प्रहरीले जनाएको छ।

केही दिनअघि भानुभक्त जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभएर नेपालमै भएको र भगवान राम नेपालकै जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका थिए।

सोही अभिव्यक्तिलाई लिएर वनारसको एक दक्षिणपन्थी संगठनमा आवद्ध केही व्यक्तिको समूहले ती नेपालीको जबरजस्ती कपाल मुण्डन गरेर ‘जय श्री राम’ नारा लगाउन लगाएको थियो।

प्रधानमन्त्री ओलीको यो बोलीले नेपालमा जनताले पटक पटक दुख पाईरहेका छन् भने उनको बोलिलाई लिएर नेकपाभित्र समेत टिकाटिप्पणी भएका छन्।

ओलीले थुतुनो नासमाल्दा सर्वसाधारण नेपालीले यो दुर्व्यवहार भोग्न परेको छ। ओलीका बारम्बार यस्ता फंडा आईरहेका छन्।