वैशाख २३ गते संघीय संसद् बैठक आह्वान ,,

वैशाख १६ , काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गरेकी छन् ।

संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा जनाइएको छ ।