आज जम्मा ५७ जनामा कोरोना पुस्टि ,
साउन ३ ,काठमान्डौ – नेपालमा पछिल्लो २४ घन्टामा थप ५७ जनामा कोरोना संक्रमणका बिरामी थपिएका छन्।
यो संगै संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । तेस्तै हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले बताएका छन् ।
आज थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ ।
गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ भने हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसै गरि यो संख्याबाट हाल सम्म ४० जनाले ज्यान गुमाईसकेका छन्।