मन्त्रि बस्नेतद्वारा जाजरकोट बारेकोट बाढी पहिरो पिडितलाई राहत सामाग्री उपलब्ध ,

साउन ३ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले जाजरकोट वारेकाेट गाँउपालिका बाढिपहिराे पिडितलाई राहत समाग्री पठाएका छन्।

मन्त्रि बस्नेतको पहलमा अविरल वर्षाका कारण मृत्यु भएका वारेकाेट गाँउपालिकाका घाईते ,पिडित परिवारलाई हेलिकोप्टर मार्फत राहत सामाग्री पठाएका हुन्।

जाजरकोटको बारेकोट ४ सार्की गाँउमा पहिरोले दुई घर बगाउदा १२ जनाको मृत्यु भएको थियो। तेस्तै बारेकोटको ५ ,६ मा पनि बाढीले वितण्डा मच्चाएको छ।

केहि दिन अगाडी मात्र मन्त्रि बस्नेत आफै बाढी पहिरो क्षेत्रको निरिक्षण गरेर फर्कीएका थिए।

फर्कीएलगतै मन्त्रि बस्नेतले जाजरकोट बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार-राहत एवं पुनर्स्थापनाको लागि गृहमन्त्रलायमा छलफल गरेका छन्।

मन्त्रि बस्नेतले बाढीपहिरो घाईते उपचारको व्यवस्था मिलाउने ,मनसुन अवधिमा विस्थापित परिवारहरुको अस्थायी व्यवस्थापन गर्नुपर्ने ,वाढी प्रभावित बारेकाेट गाँउपालीकाकाे भाैगर्भिक अध्ययन गरि आवश्यक पुनर्वासकाे याेजना लगायतका विषयमा गृहमन्त्रलयमा छलफल गरेका हुन्।

तेस्तै मन्त्रि बस्नेतले बाढीले क्षतिग्रस्त सडक ,सिंचाई ,खानेपानी,तटबन्धन ,पुलपुलेसा, भु -संरक्षण लगायतका पुर्बाधारहरुकाे पुनर्स्थापना गर्ने,बारेमा छलफल गरेका छन्।

बढी पहिरोले जाजरकोटमा पाँचसय बढी विस्तापित भएका छन् उनीहरुलाई बस्ने खाने व्यवस्थापनि मन्त्रि बस्नेतको पहलमा मिलाईएको छ भने बाढी पहिरो सम्भावित क्षेत्रका घर परिवारलाई सुरक्षित स्थानमा सारीएको छ।

तस्विर सौजन्य: वन मन्त्रि शक्ति बहादुर बस्नेतका स्वकीय मुस्कान रोकाय ,