surkhet

अर्ली कार्ड मान्य हुदैन मैले ओलीसंग कुनै सहमति गरेको छैन ,

surkhet

साउन ४ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहमति नभएको अन्य नेताहरुलाई बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशनको प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको दाहालले स्पष्ट पारेका छन् ।

आइतबार बिहान खुमालटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई प्रचण्डले महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नरहेको स्पस्ट पारेका हुन्।

Dailekh

ओली र मेरो बीच कुनै सहमति भएको छैन ,सहमति बिनै अर्ली महाधिशेनको कार्ड फालियो यो उपयुक्त छैन र कर्यनावन पनि हुन्दैन प्रचण्डले बैठकमा भने।

Gorkha

यो मलाई कम्जोर पर्ने काम हो ,मैले असहमति जाहेर गरेकै हो यसलाई गलत ढंगले प्रचार गरियो।

एकीकरण प्रक्रिया सकिएको छैन,सदस्यताको टुंगो लाग्न पर्‍यो, विचारको बहस हुनुपर्‍यो,यतिकै भन्दिएकै आधारमा महाधिवेशन हुन सक्दैन प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले बताए ।

शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बाहिरिएको थियो ।

यसको वरिष्ठ नेता माधव कुमार नेपालले चर्को आलोचना गरेका थिए । छलफलमा प्रचण्डले सचिवालयका सदस्य माधवकुमार नेपाललाई ओलीसँग कुनै सहमति नगरीएको प्रस्ट्याए ।

यसैबीच आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित भएको छ।

salyan