भदौ १ गते देखि हवाई उडान सुरु हुने १५ बाट होटेल संचालन ,

साउन ५ ,काठमान्डौ – सरकारले भदौ १ गतेबाट आतारिक र बाह्य उडान सुरु गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान भदौ १ गतेबाट सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।मन्त्री भट्टराईका अनुसार हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउने छ ।

कोरोना भाईरस संक्रमण तथा नियन्त्रणको लागि सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो ,भने हवाई उडानपनि रोकेको थियो ।

तेस्तै सरकारले हवाई उडान सुरु गर्नुअघि होटेल व्यवसायी यहि साउन १५ गतेबाट संचालनमा ल्याईने तयारि छलफल भईरहेको एक मन्त्रीले बताए।