Gold
Bangad salyan

तीज गितको नाममा विकृति गायिका सोफियालाई धम्कि गीत हटाउन दबाब ,

Salyan

वर्तमान तीज गितमा नेपालि संस्कार हराउदै पक्कै गएको यो सबैले स्वीकार्ने पर्छ, आजभोलि का तीज गित हैन सेक्सी जवानी रतेउलि हुन् ।,

यस्तालाई तीजका गित भन्छन भन्दै दर्शकले चर्को गालि बजेति गरेका छन् ,यो गीत कुनैपनि तवरले तीज गित छैन ।

३६५ कमेन्ट सबै गालि कुकुर भुकेपानी भालु नाचेपानी तीज गीत भन्न मिल्छ भन्दै दर्शकले कमेन्ट गरेका छन्।

,कलाकारले आफ्नो मन मर्यादा र अनुशाशन संस्कार भुलेर ट्राक चेञ्ज गरेपनि गर्नुहोस तर नेपालि रितिरिवाज र संस्कारलाई नाबिगर्दिनुहोस।

गायिका सोफिया थापाको अबको तीज नो बर्त पिलिज बोलको गीत हाईलाईटस नेपालबाट बजारमा पठाईएको छ।

जुन गीत तीज भनेर फाटेका जिन्स पाईन्टमा फाईट देखाईएको छ दुर्व्यवहार र बुलिङ गर्ने शब्दहरुको प्रयोग भएको छ। जसलाई दर्शकले गालि बाहेक केहि पनि दिएका छैनन्।

तेस्तै यो गीत तत्काल हटाउन समेत हिन्दु जागरण र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धम्की दिइरहेको छ ।

गायिका सोफिया थापाले पनि आफुलाई बिहानै देखि कल आएको र गीत नहटाए कडा कारबाही गरिने धम्कि आएको बताईन।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आज ६ गते गीत नहटाए आन्दोलन गर्नेसमेत बताएको छ।

हाइलाइट्स नेपालका जनक तामाङले पनि गीत हटाउन फोनबाट दबाब आइरहेको बताएका छन् ।

तेस्तै पछिल्लो समय नेपाली संस्कारमा आक्रमण भएपछि विकृति ल्याउने कलाकारमा आफुहरुको ध्यानआकर्षण भएको भन्दै लोक ततहा दोहोरि गीत प्रतिस्ठान जापानले पनि विज्ञप्ति जारि गरेको छ।