Gold

उपसभामुखको निर्वाचनका लागि पहल गरिदिन भन्दै सभामुखलाई महिला संजालको पत्र ,

Naumule Migrate

साउन ६ ,काठमान्डौ – अन्तरपार्टी महिला सञ्जालले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सञ्जालले याथाशीघ्र उपसभामुखको निर्वाचनका लागि पहल गरिदिन र महिलामैत्री कानून निर्माणका लागि सहजीकरण गरिदिन ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षणपत्र बुुझेपछि सभामुख सापकोटाले सञ्जालले उठाएका विषयमा आफ्नो ठाउँबाट पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएपछि अहिले सम्म उपसभामुख कसलाई बनाउने भन्ने टुंगो लागेको छैन।

पुर्व सभामुख कृष्ण बहादुर महरामाथि यौन दुर्ब्यबहारको आरोप लागेपछि राजिनामा दिएका थिए।

नेकपाले सभामुखको चयनमा समेत लामो महिना कुर्नु पर्यो। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको लामो छलफल र सहमतिपछि उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराएर अग्नि प्रसाद सापकोटालाई सभामुखमा नियुक्त गरिएको थियो।

Naumule Badhipahiro