रास्ट्र बैंकले भोलि देखि चलनचल्तीमा ल्याउन लागेको एक हजारको नँया नोट यस्तो छ ,
साउन ६ ,काठमान्डौ – नेपाल राष्ट्र बैंकले ल्याउने एक हजारको नयाँ नोटमा दुई हात्तीको चित्र राखिने भएको छ ।
पहिले एक हात्तीको ठाँउमा दुई हात्ती हुनेछन नोटको रंग भने पुरानै कायम हुने छ। अबको हजारको नोटमा राम र लक्ष्मण भनि चिनिने दुर्लभ दुईवटा नेपालि जुम्ल्याहा हात्तीको चित्र रहने राष्ट्र बैंकले जनाएको ।
यो भन्दा पहिले एक हजारको रुपैयाँमा भएको हात्ती अफ्रिकी मुलुकको हो। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहने छ ।
नोटको दायाँतर्फ लालीगुराँस र एक हजार दरको नोट जनाउने अंग्रेजी अंकको पानीछाप रहने जनाइएको छ ।
नोटको दायाँतर्फ तल्लो भागमा फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिहरुले छामेर नोट पहिचान गर्नसक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर राखिने जनाइएको छ ।
यो भन्दा गाडीको एक हजारको नोट २०२६ सालबाट नेपालमा अप्रचालान्मा ल्याईएको थियो।
अबको नँया एक हजारको नोट भोलि साउन ७ गतेबाट चलनचल्तीमा ल्याईने रास्ट्र बैंकले जानकारी गरेको छ जसमा तत्कालीन गभर्नर चिरञ्जीवि नेपालले हस्ताक्षर गरेका छन्।
नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर र विक्रम सम्बत् २०७६ लेखिएको छ।