अपहरणको नाटक गरेर होटेलमा केटि संग मस्त रहेकोबेला परे प्रहरीको फन्दामा ,
साउन ७,काठमान्डौ- अपहरणको नाटक गर्ने ब्याक्ती केटि संग होटेलमा मोज मस्तीको अवस्थामा फेला परेका छन ।
काठ्मान्डौ महानगरपालिका वडान ४ चुनदेवि वर्ष ३० का शक्तिराज रेग्मीलाई प्रहरिले अनुसन्धान र खोजतलास गर्दा नयाँ बस्पार्कको सुगन्ध होटेलबाट गए राती पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका उनले जग्गा व्यावसायि गर्छु भनेर विभिन्न व्यक्तिबाट करोडौ रकम लगेको र तिर्न नपरोस भनेर अपहरणको नाटक गरेको प्रहरिलाई बयान दिएका छन ।
रेग्मी अपहरणमा नपरेको र अनावश्यक प्रहरिलाई खोजि तलासमा हैरानी दिएको र राज्यको सम्पती दुर्पयोग गरेको भन्दै प्रहरिले आवस्यक कार्बाहीकोलागि सम्बन्धित कार्यालयमा पठाइएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
उनी गत २४ गते बिहान ६ बजे घरबाट निक्लएर सम्पर्क विहिन भएपछि अपहरण परेको हुनसक्ने भन्दै परिवार श्रोतले साउन २ गते खोजीतलासको लागि प्रहरीसामु निवेदन दिएका थिए ।