थप १०० जनामा कोरोना संक्रमण पुस्टि दुईको मृत्यु लकडाउन कसरि खुल्ला ,

साउन ७ ,काठमान्डौ – आज पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुस्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।

सरकारले भने हिजो रातिदेखि देशभर लकडाउन खुल्ला भएको घोषणा गरेको छ। सरकारले गरेको यो कार्यप्रति विज्ञहरु समेत असन्तुस्ट छन्।

तेस्तै सरकारले लकडाउन खुल्ला गरेसंगै दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा महोत्तरीका ६० वर्षीय पुरुष र त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिकको कोरोनाका कारण मृत्यु भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमणका बिरामी बढ्न सक्ने र मृतकको संख्यापनि बढ्न सक्ने अनुमान गरिएको छ।

नेपालमा अपछिल्लो समय संगै कुन कोरोना संक्रमित संख्या १८ हजार ९४ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा २०७ जना डिस्चार भएपछि घर फर्किनेको संख्या १२ हजार ६ सय ८४ पुगेको छ भने ४२ जनाको हाल सम्म मृत्यु भएको छ।