कक्षा ११ मा डी प्लस नल्याए १२ भर्ना हुन नपाउने,

साउन ७ ,काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको छ।

तेस्तै बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलका अनुसार कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको छ ।

कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।

कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् ।

तेसतई विद्यालयले आफ्नो अनुकुलताका साथ् परिक्षा लिन पाउने पनि बोर्डले पारित गरेको छ।