बाढी पहिरोमा ज्यान गुमानेको परिवारलाई दुई लाख दिने सरकारको निर्णय ,
साउन ७ ,काठमान्डौ – बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाइ दुईलाखका दरले रकम उपलब्ध गराईने छ ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सो रकम उपलब्ध गराउने छन्। साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले २०६४ राहत समबन्धि मापदण्डलाई विपद् पीडित उद्धार र राहत मापदण्ड ०७७’ स्वीकृत गर्दै सो अधिकार दिएको हो ।
विपद्मा परेर परिवारमा १ जनाको मृत्यु भएमाा २ लाख, सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखको दरले राहत दिने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
विपदबाट घर–आवास नष्ट भएमा ५ जना सम्मको परिवारलाई २० हजार सम्भव भएसम्म घट्नास्थलमै दिने गरी राहत मापदण्ड स्वीकृत गरिएको छ ।
विपद्का घट्नाका कारण घर पूर्णरुपमा नष्ट भएमा सुरक्षित स्थानमा घर निर्माण गर्नका लागि सरकारले १ लाख दिने भएको छ ।