श्रीमती हत्यामा जेल परेका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त,

साउन ८ ,काठमान्डौ – सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला आज थुनामुक्त भएका छन्।

श्रीमती गीता ढकालको हत्या गरेपछि ०६८ माघ ८ मा कोईरालालाई पक्राउ गरि डिल्लीबजार कारागारमा राखीएको थियो।

उनलाई बिहिबार थुनामुक्त गरिएको डिल्लीबजार कारागारले बताएको छ। श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएर बिहीबार जेलमुक्त भएका हुन् ।

श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले सजाय घटाउने फैसला गरेको थियो।

माघ २०६८ मा रञ्जनले विवादका कारण श्रीमतीको हत्या गरेका थिए ,उनले महाराजगञ्जमा श्रीमतीको हत्या गरेर घटना लुकाउन पालुङमा शव जलाएका थिए ।

माघ ७ मा शवको अवस्था बुझ्न रञ्जन टिष्टुङ पुगेपछि उनको अपराध पटाक्षेप भयो । त्यसपछि लगत्तै त्यहाँबाट उनी ‘डीआइजी हुँ’ भन्दै नारायणगढतर्फ लागे ।

कोइराला ८ माघमा काठमाडौँ आउँदै थिए तेही बेला उनले आफ्नो चलाईरहेको गाडीबाट पक्राउ गरि प्रहरीले हत्कडी लगाएको थियो ।