बाँके भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर खनाल १६ लाख सहित पक्राउ ,
साउन ८ ,काठमान्डौ – बाँकेस्थित भेरी अस्पतालमा कार्यरत अरुणराज खनाललाई १६ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।
विहीबार नेपालगञ्जबाट खटेको आयोगको टोलीले श्रोत नखुलेको १६ लाख १३ हजार ९ सय पहत्तर रुपैंयासहित पक्राउ गरेको आयोगका अधिकृत मिनराज थापाले जानकारी दिए ।
खनाल भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर हुन्। विशेष सुचनाको आधारमा आयोगको टोलीले उनलाई विभिन्न फर्म तथा पसलहरुबाट कमिशन बापत १० लाख नगद र चेक सहित कार्यकक्षबाट नियन्त्रमा लिएको बताएको छ। थापाका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ।