Gold

नारायणी नदीमा दाउरा निकाल्दा एक जनालाई हेर्दा हेर्दै यसरि बगायो हेर्नुहोस भिडियो ,

Naumule Migrate

साउन ९ ,काठमान्डौ – बर्सेनि नारायणीमा मान्छे डुबेर बेपत्ता भएको समाचारहरु पटक पटक आउँदा पनि मानिषलाई आफ्नो ज्यानको माया भन्दा पनि दाउराको लोभको कारण कतिको ज्यान गएको छ।

यस्तै नवलपरासी पश्चिम सुस्ताको एक बृद्धले नारायणी नदिमा दाउरा झिक्न जादा नारायणी नदिले बगाएर बेपत्ता बनाएको छ ।

शुक्रबारको दिन करिब ५:३० बजे बिहानको समयमा नारायणी नदिमा दाउरा झिक्न जादा सुस्ता ५ पक्लिहवा स्थित ठोकर न ३ बाट सुस्ता ५ पक्लिहवाको रामनगर टोलमा बस्ने अन्दाजी बर्ष ५५ को राधेश्याम कोइरीलाई नारायणी नदिले बगाएपछि बेपत्ता भएको हो ।

कोइरी बिहानको समयमा नदिमा दाउरा आउने भनेर दाउरा झिक्न गएका थिए । ठोकर न ३ मा दाउरा झिक्ने क्रममा उनको खुट्टा चिप्लिएर नदिमा झरेका थिए भने यही ६ गते सुस्ता – ४ नर्सही बस्ने बर्ष ३२ का सन्त चौधरी पनि बेपत्ता भएका थिए । ठोकर नं १३ बाट दाउरा झिक्ने क्रममा बेपत्ता भएका हुन ।

बेपत्ता कोइरी र चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटरीले जनाएको छ ।

रविन्द्र यादव ,नवलपरासी

Naumule Badhipahiro