प्रधानमन्त्री ओलीलाई विदाई गर्न बाबुराम भट्टराईका ५ प्रस्ताव यस्ता छन् ,
साउन ९ ,काठमान्डौ – जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले देश गम्भीर संकटतिरा जान लागेको भन्दै पाँच प्रस्ताव अघि सारेका छन्।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका छन् ।
तेस्तै उनले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गरेका छन् । भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाने प्रस्ताव अघि सारेका हुन्।
उनले लेखेका छन्,
‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं,’ भट्टराईले सारेका पाँच प्रस्तावमा भनिएको छ, ‘१. संसद अधिवेशन बोलाऊँ । २. केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं । ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ । ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं । ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020