Gold

आज थपिए १३३ जना कोरोना भाईरसका बिरामी ,

Naumule Migrate

साउन ९ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप १३३ जना कोरोना भाईरसका बिरामी फेला परेका छन्।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा १०७ जना निको भएसंगै कोरोनालाई जित्नेको संख्या १२ हजार ९४७ पुगेको छ।

आज थप कोरोनाबाट एक जनाको मृत्यु भएपछि मृतकको संख्या ४४ पुगेको स्वस्थ्य मन्त्रालयले जानकारी गरेको छ।

तेस्तै मन्त्रालयका अनुसार कोरोनाबाट सक्रिय बिरामी हुनेको संख्या ५ हजार ३८३ छ।

तेस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा जिल्लाका विभिन्न प्रयोगशालामा गरि ३ हजार ९ सय ८७ जनाको आरटि पीसीआर परिक्षण भएको छ ,भने हाल सम्म कुल पीसीआर परिक्षणको संख्या ३ लाख ३५ हजार ८२ पुगेको हो।

तेस्तै हाल सम्म क्वारिनटिनमा १९ हजार ४ सय ४४ रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी गरेका छन्।

रेड जोनमा ५३१ जना रहेको र आज थप एक जना रेड जोनमा परेका छन् ति व्यक्ति काभ्रेपल्चोकका हुन्।

 

Naumule Badhipahiro