कोरोनाबाट थप १७ वर्षीय युवतीको ज्यान गयो ,
साउन ९ ,काठमान्डौ – पर्साको वीरगञ्जमा थप एक १७ वर्षीय युवतीको कोरानाका कारण मृत्यु भएको छ।
बारा परवानीपुर गाउँपालिका,४ घर भएकी सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो ।
ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो।
पीसीआर परिक्षणपनि उनको पोजेटिभ आएको छ यो संगै नेपालमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ।