suekhet
bheriad

साम्राज्ञीविरुद्ध भुवन केसीले गरे मुद्दा दायर ,

lekabesi

साउन ९ ,काठमान्डौ – नायक भुवनकेसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् ।

केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । बिहिबार उनले जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जनाए ।

गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।

यो विषयलाई लिएर अहिले केसी र शाहबीच पक्ष विपक्षमा अन्य कलाकारहरुले समेत प्रतिक्रिया दिएका छन्।

दुवै कलाकारका आ आफ्ना फ्यानले सामाजिक संजाल युटुबमा बोल्न थाएका छन्।

यो विषयमा नायक भुवन केसीले पनि प्रतिक्रिया दिएका थिए ।अब भने आफुले मुद्दा दाएर गरेको र यसको फैसला अदालतले गर्ने उनले बताए।