सुनिल थापासहित राप्रपाका ३१ नेताले दिए सामूहिक राजीनामा,

साउन १० ,काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले सामूहिक राजीनामा दिएका छन् ।

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल थापासहित ३१ जनाले सामूहिक राजीनामा दिएको हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा दिनेमा थापासहित केन्द्रीय नेताहरु विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई,आशाराम चौधरी,चन्द्र कुमार घुण्डे गुरुङ,श्रीमती राज्य लक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा,राम पदारथ शाह, बिरेन्द्र लाल कण, नारायण राउत रहेका छन् ।

यस्तै राजीनामा दिनेमा जिल्ला तहका नेताहरुमा इन्द्र बहादुर तामाङ्ग,राज कुमार भट्टराई,डम्बर बहादुर राई, माधव पौडेल, अर्जुन विक्रम थापा,हरेन्द्र प्रसाद यादव,रुप नारायण यादव,भिखारी लाल यादव र भिखारी लाल यादव रहेको छन् ।

धनकुटा जिल्ला अध्यक्ष लक्ष्मी शुब्बासहित जिल्ला कार्य समितिका सम्पूर्ण सदस्यहरु, सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरुले पनि पार्टीबाट राजीनामा दिएको जनाएको छ ।

यस्तै मोरङ पूर्व जिल्ला सदस्य महेन्द्र बस्नेत, सिन्धुपाल्चोक जिकास सदस्य गोपी ठकुरी, सिन्धुपाल्चोक गाउँपालिका उपाध्यक्ष डोलनाथ आचार्य, सिन्धपुाल्चोक नगरपालिका इकाइ सदस्य दबिबल तामाङ राप्रपा प्रजातान्त्रिक युवक संगठन धनकुटा वरिष्ठ उपाध्यक्ष मदन घिमिरे र सिन्धपुाल्चोक पूर्व युवक संगठन सदस्य धुव्र थापाले पनि राजीनामा दिएका हुन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको समेत बताईएको छ ।