सुदूरपश्चिम बन्दैछ कोरोनाको अखडा आज २१ जना थपिए,
साउन ११ , कैलाली – पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित फेला पर्ने गरेको छन।
शनिबार पनि थप २१ जनामा कोरोना पुस्टि भएपछि सक्रिय कोरोनाको संख्या १ हजार ७६१ पुगेको छ ।
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट १ जना डडेल्धुरा प्रयोगशालाबाट थप २० जना कोरोना पुस्टी भएको छ।
जसमध्ये कंचनपुरमा १ पुरुष , डोटी ७ पुरुष, ६ महिला, डडेल्धुरा ४ पुरुष, र बैतडीमा ३ जना पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३०३, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९५, दार्चुलाका २०, डोटीका ६०५ , कैलालीका १०७५ र कंचनपुरका ५१३ गरि ४ हजार ६५ रहेका छन ।
जस्मा महिला ९५७ , पुरुष ३ हजार १०८ रहेका छन । ३ हजार ५ सय ७ पुरुष र १ हजार १ सय ८९ महिला हालसम्म क्वारेन्टिाईनमा रहेका छन ।
तेसैगरी प्रदेशका विभिन्न आईसोलेसन्मा १४ जना रेडजोनमा र ५६ जना सक्रमितको उपचार भईरहेको छ।
७६९ जनाले कोरोनालाई जितेर घर फर्किसकेका चाहन भने माथिको संख्याबाट ८ जनाको मृत्यु भईसकेको छ।