suekhet
bheriad

आफ्नो पिडा सार्वजनिक गर्न नचाहने पनि धेरै छन् नायिका संचिता लुईटेल ,

lekabesi

साउन ११ ,काठमान्डौ – कुनै समयको चर्चित नायिका हुन् संचिता लुईटेल पछिल्लो लामो समयबाट उनि चलचित्र क्षेत्रमा देखिएकि छैनिन।

तेस्तै केहि दिन यता फ्लिमी क्षेत्रका नायक नायिकाबीच चर्को विवाद बनेको छ।

कहिले सुपरस्टार त कहिले विगतका कमीकमजोरी देखाउदै सामाजिक संजालमा लेख्ने र एक अर्काले आरोप लगाउने गरेको पाईन्छ।

यसैबेला नायिका संचिता लुईटेलले आफ्नो सामाजिक संजालमा लेखेकी छिन संसारमा धेरै कम मान्छे हुन्छन जो आफ्नो पिडा सार्वजानिक गर्न चाहँदैनन्।

उनले भावुक बनेको तस्विर सार्वजानिक गर्दै भनेकी छिन सामाजिक सञ्जालमा आफ्नो पिडा देखाउने मान्छेमात्र दुखि हुने हो र।

उनको यो लेखाईले नायिका लुईटेलपनि दुखि भएको र आफुले चाहेर पनि उक्त कुरा सार्वजनिक गर्न नसकेको सजिलै बुझ्न सकिन्छ ।

तेस्तै नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् ।

गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।

गत बिहिबार उनले जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन्।