फेसबुक आइडि ह्याक गरि ठगि गर्ने पक्राउ ,

साउन १२ ,काठमान्डौ – अर्काको फेसबुक आईडि ह्याक गरि ठगि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध शाखाको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरी दुहबीबाट २३ वर्षीय सविर आलमलाई आइतबार पक्राउ गरेको हो।

उनले अर्काको आईडी ह्याक गर्ने र आफु समस्यामा परेको भन्दै आफन्तबाट रकम उठाउने ठगि गर्ने गरेका थिए।

कतिलाई उनले आफ्नो खातामा पैसा जम्मा गर्न लगाएको पनि देखिन्छ ,उनले १० दिनमा एक पटक ५० लाख ,तेस्तै पुन : २५ लाख ठगि गरेको भन्ने उजुरी परेपछि खोजतलास गरिएको पनि महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।
थापाका अनुसार उनि विरुद्द अन्य ठगीका मुद्दा पनि परेका छन्। पक्राउ परेका उनिमाथि थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए।
