Gold

धरानको तरकारी पशलमा आगलागी हुँदा ११ पसल जलेर नस्ट ,

Naumule Migrate

साउन ११ ,धरान – सुनसरीको धरान उपमहानगरपालिका,३ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा ११ जनाको फलफूल तरकारी ,किराना पसल ,कस्मेटिक होटेल जलेका छन्।

बिहान करिब साढे ४ बजेतिर रमा चौहान खतिवडाको कस्मेटिक पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको प्रहरीले बताइएको छ।

पालिका बजार क्षेत्रका सबै पसलेहरुले आइतबार बेलुका आठ बजे पसल बन्द गरी घर गएको बेला आगलागी भएको थियो।

आगलागीबाट झन्डै ५२ लाख ६८ हजार रुपैयाँ बारबारको धनमाल क्षति भएको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले जानकारी गराए।

Naumule Badhipahiro