चलचित्र हैरान जेठ ४ बाट हलमा दोस्रो गीत रिलिज ,,

वैशाख १७ , चलचित्र हैरान आउदो जेठ ४ गते हलमा प्रदर्शन हुँदै छ , यसै मिति लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘हैरान’को दोश्रो गीत सार्वजनिक भएको छ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु गजित बिष्ट, निश्मा घिमिरे, वुद्दि तामाङ, सागर लम्साल र पुस्कर रेग्मी छन् ।

सार्वजनिक गरिएको ‘हिरो’ गीतमा संगीत र स्वर राजन इशानको छ भने गम्भिर बिष्टको शब्द छ । चलचित्रको परिस्थिती अनुसारको गीत रहेको गम्भिरको भनाई छ । यो चलचित्रलाई विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई ,आरोही शर्मा लगायतका कलाकारलाई देख्न सकिन्छ ।

lekbesi

डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।