भारतले भन्यो कालापानीमा नेपालीलाई प्रवेश गर्न नदिनु ,
साउन १२ ,काठमान्डौ – कालापानीमा नेपालीलाई प्रवेशमा रोक लगाउन भारतले पत्राचार गरेको छ।
भारतको धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशलाई रोक लगाउन निर्देशनात्मक पत्र जारी गरेका छन् ।
विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ ,कि विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्,।
जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्, अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनुहोला पत्रमा भनिएको छ, ‘।
अहिले कालापानी क्षेत्रमा भारतले गस्ती बढाएको छ भने कालापानी नजिकमा बसेको नेपालि सशस्त्र प्रहरीको बीओपीलाई त्यसक्षेत्रमा जान दिइएको छैन ।
कालापानी लिपुलेख र लिम्पियाधुराको सिमा विवाद कायम छ दुई देशले आ आफ्नो तर्फाबाट नँया नक्सा जारि गरेपछि झनै दुरी कायम बढेको पाईन्छ।