Gold

तीज आउन थाल्यो भने बाडुल्कि लाग्छ मोडल पार्वती राई ,

Naumule Migrate

साउन १४ ,काठमान्डौ – नेपाल बहुजाति बहुसांस्कृतिक मुलुक हो ,धर्म संस्कृति र परम्पराले परिचित हाम्रो नेपालमा भने आज तेस्मा प्रहार भैरहेको सबैले महसुस गरेका छन्।

धर्मको नाममा होस् वा गीत संगीत अथवा भेष भुषामा जुन प्रहारले भविष्यमा नेपालिको अस्तित्व हराएरनै जानेहोकी भन्ने समेत डर भईरहेको छ।

सामान्यता कलाकारले आफ्नो धर्म र नैतिकता छोडेर समेत गीत संगीतमा विकृति ढंगले प्रस्तुत गरेपछि अहिले दर्शकले बार लगाउन सुरु गरेका छन्।

बजारमा भर्खर मात्र सार्वजनिक भएको तीज गीत जाले रुमालले दर्शकलाई आफ्नो परम्परामा केन्द्रित गरेको पाईन्छ।

यो गीतमा रहेका शब्द संगीत लोक तथा दोहोरि गीत प्रतिस्ठानका अध्यक्ष रमेश विजिले लेखेका हुन्।

उनका शब्दले दर्शकका मन छुने गर्छन ,भावुक र वास्तविकतालाई तीज गीतको मर्म ,माईति चेलीको दर्दनाक वेदना दुख सुखलाई गीत संगीतमा ढाल्ने पर्व तीज भएपनि अहिले विभिन्न खाले चटक आउँदा आफुलाई दुख लागेको बिजी बताउछन।

केहि दिन अगाडी मात्र आफुहरुले बजारमा आएका र सांसकृतिकमा प्रहार गरिएका गीत संगीतमा आफुहरुको ध्यान गएको पनि बिजिले बताए।

गीत संगीत मेलापात पर्वमा सुन्दा आनन्द मात्र हैन मान्छेका पिडा बोलेका हुन्छन तेसैले यो बियर ,रक्सिमा ढाल्न खोज्ने ,केटाले आईमाईको साडी लगाउने भल्गर देखाउने तीजलाई डिस्कोमा ढाल्ने जस्ता काम कसैले नगर्नपनि उनले सुझाव दिए।

यो गीतमा गायिका करिश्मा घर्ति मगरको एकल स्वर छ भने लामो समयपछि चाक्र्चित मोडल पार्वती राईको धमाकेदार डान्स देख्न सकिन्छ।

गीतलाई चर्चित निर्देशक शिव विकले निर्देशन कोरियोग्राफर गरेका हुन् भने सम्भु चालिसेले छायांकन गरेका छन्।

रविन विकको सम्पादन रहेको यो भिडियोलाई रंग दर्पण नेपालले बजारमा आफ्नो अफिसियल युटुबबाट सार्वजनिक गरेको छ।

Naumule Badhipahiro