पदाधिकारी चयन हुन नसके पछि २१ गते सम्म कांग्रेस बैठक स्थगीत ,,,

वैशाख १७ , काठमाडौं – नेपालि कांग्रेसको पदाधिकारी चुन्नका लागि आज सोमबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पौडेल समूहले बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक २१ गतेसम्मको लागि बैठक स्थगित भएको हो ।

पदाधिकारी चयन गर्न आवश्यक परामर्शको लागि बैठक स्थगित गरिएको कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

बैठक वैशाख २१ गते दिउँसो २ बजे बस्ने गरि स्थगीत भयको हो । कांग्रेसको महाधिवेशन भएको दुई वर्ष वितिसक्दा पनि अहिले सम्म पदाधिकारीको चयन हुन सकेको छैन । कांग्रेसको विधान सकियको दूई महिना भित्र पधाधिकारी चयन हुन पर्ने तर दूई बर्ष बितिसक्यो अहिले सम्म चयन हुन सकेको छैन ।

विधानमा पार्टी सभापतिले एक उपसभापति , एक महामन्त्री , दुई जना सहमहामन्त्री र एक प्रवक्ता मनोनयन गर्ने व्यवस्था छ ।सभापति शेरबहादुर देउवाले दुई महिना अघि विश्वप्रकाश शर्मालाई प्रवक्तामा मनोनयन गरेका छन्

तर उपसभापति , महामन्त्री र सहमहामन्त्री भने मनोनयन गर्न सकेका छैनन् । कांग्रेसको बैठक बसेको ३७ दिन भयको थियो तर अहिले सम्म पधाधिकारी चयन हुन नसकेपछि २१ गते बस्ने गरि स्थगीत भयको छ ।

चुनाबमा पहिलो बन्न पर्ने पार्टी तेस्रो भयको र प्रतिपक्षमा बस्न पर्ने समेत टुंगो हुन नसके पछि पार्टी भित्र ठुलो खैला बैला परेको छ ।
आज सम्म नालागेकों टुंगो २१ गते लागाउने गरि बैठक स्थगीत गरियको हो ।