नेपालमा एकैदिन कोरोनाबाट ३ जनाको मृत्यु ,
साउन १४ ,काठमान्डौ – नेपालमा आज मात्र थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणबाट मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि पठाइएका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।
ति व्यक्ति केहि दिनअगाडी भारतबाट नेपाल आएका थिए। उनको माईतिघर भारतमा हो पहिलोपटक नेपाल आउँदा १४ क्वारेईनटाईनमा बसेका थिए पछिल्लो समयभने सिधै घर पुगेपछि उनीमाथि समस्या देखिएको थियो।
उनलाई खोकी लाग्न सुरुवात भएपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए।
अस्पतालले कोरोनाको आशंकामा कोसी अस्पतालमा मंगलबार नै रेफर गरेको थिय। तेस्तै वीरगञ्जमा थप दुईजनाको कोरोना संक्रमणबाट मृत्य भएको छ।
बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।