वीरगन्जका मेयरलाई पनि देखियो कोरोना ,
साउन १५ ,काठमान्डौ – वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको खुलेको छ ।
उनले आफ्नो सामाजिकसंजाल मार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
सरावगी केहिदिन अगाडी काठमान्डौमा आएको र परिक्षणमा कोरोना फेला परेको उनका राजनीतिक सल्लाहकार मुकेश दुवेदीले जनाए।
सरावगीले भनेका छन् म तपईहरुको सेवामा अनवरत रुपमा लाग्दा आफै कोरोनाको चपेटामा परेको छु ,अहिले उपचार गरिरहेको छु मेरो स्वास्थ्य सामान्य छ छिट्टै कोरोनालाई जित्ने छु।
वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत सरावगीले आफ्नो फेसबुकमा बताएका छन्।
संक्रमण नियन्त्रण गर्न वीरगन्जमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।