मलेसियामा सेक्युरिटी गार्ड कुटीएपछि दूतावासको चासो ,
साउन १६ ,काठमान्डौ – मलेसियामा सेक्युरिटी गार्ड कुटीएपछि नेपाली दूतावासले चासो दिएको छ।
बिहीबारदेखि सामाजिक सञ्जालमा एक सेक्युरिटी गार्डलाई कुटीएको भिडियो भाईरल बनेको छ। भिडियोमा हिन्दि भाषा प्रयोग गरेर एक ब्याक्तिले सेक्युरिटी गार्डलाई कुटेको देख्न सकिन्छ।
कुटपिट गरिएका ब्याक्ति को हुन् उक्त कुरा भने पचिचान हुनसकेको छैन।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डले पीडितको पहिचान गर्न अनुसन्धान थालिएको बताए ।
उनले पिडितलाई दुतावासमा आएर सम्पर्क गर्नपनि अनुरोध गरेका छन्।