गीत संगीतमा विकृति फैलाउने कलाकारलाई प्रतिष्ठानले राख्यो कालोसुचिमा को- को परे,

साउन १६ ,काठमान्डौ – नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा पछिल्लो दैनिक जस्तो विकृति प्रहार भएपछि लोक तथा दोहोरि गीत प्रतिष्ठानको ध्यानआकर्षण भएको छ।

प्रतिष्ठानका अध्यक्ष रमेश विजी र संयोजक शिव हमालले आज एक विज्ञप्ति जारि गर्दै गीत संगीतमा भएको विकृति विसंगती र अभद्रपनमा आफुहरुको गम्भीर ध्यानआकर्षण भएको बताए।

लोक तथा दोहोरि गीत प्रतिष्ठानको केन्द्रिय समितिको आज बसेको बैठकले शिव हमालको संयोजकत्वमा विकृति विसंगतिविरुद्द १३ सदस्यीय कार्यदल गठन समेत गरेको छ।

कार्यदल गठनको विज्ञप्तिमा भनिएको छ ,सामाजिक सदभावमा खलल पुर्याउने र नियतवस दुई अर्थि अपाच्य सामग्री प्रयोग गर्ने श्रस्टा सर्जंकलाई कालोसूचीमा राख्नु र प्रतिष्ठाको कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरि प्रतिस्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाबाट बन्चित गर्नु।

समितिले आजदेखिनै विकृति गीत संगीत निकाल्ने कलाकारहरुको नामलिस्ट तयार पार्न सुरु गर्ने छ।

तेस्तै प्रतिष्ठानले तीज गीतको मर्मलाई जोगाई राख्ने त्यसबाट निकालीएका खाटी तीज गीतहरुको पहिचान गरि सम्मान गर्ने निर्णय समेत बताएको छ।

आफुहरुले बारम्बार सम्झाउदापनि अटेरी गर्ने कलाकार श्रस्टा सर्जकलाई प्रतिष्ठानले भनेको छ ,कलाकारिता क्षेत्रमा नैतिकता भन्दा अर्को ठुलो कानुन नहुन सक्छ।

,कलाकार समाजको आदर्श हो हरेक क्रियाकलाप गर्दा समाजलाई ध्यानमा नराखी सस्तो लोकप्रियताको कमाउन त्यो पनि गीत संगीत जस्तो आदर्श परम्परा संस्कृतिमा विकृति अपाच्य शब्द प्रहार गर्नु कर्तब्य विहिन हुनु हो।

तेस्तै केहि गतिविधिले दर्शक श्रोतमा पर्न गएको दुखद असन्तुस्टि प्रति प्रतिष्ठानले क्षमा मागेको छ भने ,विकृति विरुद्दको चासो गुनासो र सुझावको लागि सुभचिन्तकमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ।