गायक बिष्णु खत्रीको झटारो अरुलाई भन्न भन्दा पहिले तिमि आफै फोहोरी छौ आँगन बढार ,,
साउन १६ ,काठमान्डौ – लोक तथा दोहोरि गायक बिष्णु खत्रीले अरुलाई दोष दिनुभन्दा पहिले आफु सहि भएर देखाउनुपर्ने बताएका छन्।
खत्रीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् पहिले आफ्नो घरको फोहोर बढाराैं।
आफ्नो घरको फोहोर नाफालेर छिमेकीलाई आगन सफा गर भन्न मिल्दैन ,यस्तो भन्दा छिमेकीलेनै तिमि फोहोरी भन्देला तेसैले पहिले आफ्नो फोहोर फाल्न सिक गायक खत्रीले भने ।
नेपालि लोक तथा दोहोरि गीत क्षेत्रमा अहिले विभिन्न खालका विकृति विसंगति देखापरेका छन् ।
जसप्रति ध्यानाकर्षण बन्दै प्रतिष्ठानले आज एक विज्ञप्ति जारि गरेको छ, ।जसमा गीत संगीतमा विकृति ,अपाच्य शब्द प्रयोग गर्ने श्रस्टा सर्जकलाई कालोसूचीमा राख्ने र प्रतिस्ठानबाट हुने सबै खालका सेवा सुविधाबाट रोक्का गरिने बताईएको छ।
जसमा गायक बिष्णु खत्रीले झटारो हानेको सजिलै बुझ्न सकिन्छ। चर्चा कमाएका कलाकारलेनै गीत संगीतमा विसंगति ल्याएको र माथिबाटनै सच्चिनुपर्ने खत्रीको तर्क छ।