उत्तर कोरियामा पनि देखियो कोरोना ,

साउन १८ ,एजेन्सि ,सोल – उत्तर कोरियामा पनि कोरोना देखिन थालेको छ । आज सम्म भने कोही पनि संक्रमित नभएको दावी उत्तरले गर्दैआएको थियो ।

पछिल्लो साता प्योङयाङमा एक महिलालाई संक्रमण भएको दक्षिण कोरियाली मिडियाले खबर सार्वजनिक गरेका थिए ।

चीनबाट सुरुवात भएको कोभिड १९ अहिले विश्वका थुप्रै देशमा फैलिसकेको छ। जसबाट विश्वभर ६ लाख ८९ हजर ७६३ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ भने १ करोड ८० लाख बढी संक्रमित फेला परेका छन्।

चीनको छिमेकम अपरने उत्तर कोरियाले भने पहिलेदेखि आफ्ना सिमा नाका कडाई गरेको छ।

अहिले कोरियामा संकटकालबाट बच्न र कोरोना संक्रमित हुन नदिन राजनीतिक नेताहरुबीच छलफल चल्ने गरेको थियो ।

अहिले कोरियामा लकडाउन र संकटकाल लगाउन सक्ने भन्दै आन्तरिक छलफल समेत भएको छ।

तर कस्तो कस्तो प्रकृतिको संकटकाल लगाउने भन्ने बारे भने विस्तृत सूचना सार्वजनिक गरिएको छैन ।