surkhet

एसिड आक्रमण ज्यान मार्ने उद्योगमा छ तर घटना किन बढिरहेका छन् ,

surkhet

साउन १९ ,काठमान्डौ – पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना बढ्दै गएका छन्।

आक्रमणको ताजा घटना लिने हो भने साउन ८ गते काठमान्डौको सितापाइलामा बस्ने ओखलढुंगाकि पवित्रा कार्कीमाथि दुध लिन घर बाहिर निक्लेको बेला एसिड आक्रमण भयो।

उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ आक्रमणकारी दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो ,तेस्तै नेपालमा सरकारी तथ्यांक अनुसार २०७१ देखि ७७ सम्म १७ जनामा एसिड आक्रमण भएको छ ति मध्ये दुई जना पुरुष छन् भने अन्य महिला छन्।

Dailekh

अधिकांस महिलाका घटना प्रेमलाई देखाएर हुनेगरेको खुलेको छ। तर आक्रमणकारीलाई प्रहरीले पक्राउ त गर्छ तर कस्तो कारबाही गर्छ त त्यो नेपाली नागरिकलाई थाहा छैन ।

गत वर्ष वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । विद्यालय हिँडेकी उनीमाथि २० भदौ २०७६ मा एसिड आक्रमण भएको थियो ।

Gorkha

तर खातुनमाथि एसिड छ्याप्ने आक्रमण कारी अहिले अहिले खुल्ले आम घुमेको छ ,लकडाउनको बेला हिरासतमा कोरोना फैलिन सक्ने भन्दै आक्रमणकारीलाई रिहा गरिएको थियो भने सयौको संख्यामा रहेका हत्यारालाई समेत रिहा गरिएको छ।

पछिल्लो समय अपराध सहिंताले यसलाई एसिड आक्रमणको घटनालाई ज्यान मार्ने उद्योगमा राखेको छ तर घटना रोकीएका छैनन् किन कि अपराधीलाई बिचमा छोड्ने गरिन्छ।

त्यसैले एसिड कसले ल्याउँछ ,किन ल्याईनछ अब भने यसको नियमन हुने भन्दै समिति बनेको छ।

यो समितिलाई एक महिनाको समय दिईने छ ,महान्यायाधिवक्ता अग्नि खरेल समेतको सहभागितामा भएको बैठकले नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाको नेतृत्वमा बनाएको समितिमा कानून मन्त्रालयका सहसचिव हुमबहादुर केसी, गृहका सहसचिव स्तरका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका डा. विकास देवकोटा, महिला बालबालिका मन्त्रालयकी उपससचिव रोशनी कार्की सदस्य छन् भने उद्योग मन्त्रालय र मातहतका निकायका तीन प्रतिनिधि रहनेछन् ।

अब समितिले के कस्तो अनुगमन गर्छ कस्तो कानूनी तथा संस्थागत संरचना एसिड नियन्त्रणबारे सुझाव निकाल्छ त्यो हेर्न बाँकी छ ।

salyan