अब म वालुवाटारमा बस्दिन बालकोटमा बस्छु प्रधानमन्त्री ओली ,
साउन २० ,काठमान्डौ – प्रधानमन्त्री ओलीले अब वालुवाटारमा बस्न मन गरेका छैनन् ,ओलीले सोमबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेर आफू अढाइ वर्षपछि स्थायी बसोबासका लागि फर्किने बताएका छन् ।
नेकपा पार्टी भित्र ओलीको राजीनामाको कुरा चलिरहेको बेला आफ्नो निवासमा फर्किने बताएका छन्।
साथै ओलीको निवासमा हिले ७० करोडको भ्रस्टाचार लागेर राजिनामा दिएका पुर्व सञ्चारमन्त्रि गोकुल बाँस्कोटा बस्दै आईरहेका छन्।
बास्कोटाले ओलीलाई हिजोको भेटघाटमा अब तपाई कहिले आउने हो यता भनेका थिए ,जवाफमा ओलीले अब अढाई वर्षमा आफ्नो कार्यकाल सकीएपछि आउछु भनेर जवाफ दिएका थिए।
पत्नी राधिकासंग आफ्नो निवासमा पुगेका ओलीले भक्तपुरका बासिन्दा,जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल गरे ।
प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको बास्कोटाले बताए ।
प्रधानमन्त्री ओली आउने जानकारी पछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु समेत बालकोट निवास पुगेका थिए ।
निवासमा प्रधानमन्त्री ओलीले बाँस्कोटा र पूर्वमन्त्री बास्कोटा र भक्तपुरका सांसद नेकपा नेता महेश बस्नेतसँग प्रचण्डसँगको पछिल्लो वार्ताबारे ठट्यौलीपनि गरेका छन् ।
बालुवाटारमा जेरी खाएर कुराकानी भएको भन्दै प्रधानमन्त्रीले भने ‘जेरी मीठो थियो, कुराकानी त उस्तै हो, भोलि फेरि हुन्छ ।
बाँस्कोटाले नेकपा विवाद जेरीजस्तै जेलिएको भन्दै आज जेरी खानुभएछ,अब भोलि तितेकरेली खुवाउनु । तिते करेलीले लठ्ठै बनाएपछि पार्टीको विवाद मिल्छ कि ।