गुर्भाकोट ३ मा वर्षाले घर भत्कियो बस्ने ठाँउ छैन ,कँहा जाने ,
साउन २० ,सुर्खेत – गुर्भाकोट नगरपालिका ३ डोब स्थित पदम बहादुर नेपालीको घर भत्कीएको छ।
बस्ने घर भत्कीएपछि उनीहरु हिजो देखि अरुको घरमा आश्रय लिएर बस्न थालेका छन्।
सोमबार साँझा करिब ८ बजे खाना खाएर बसिरहेको बेला घर भत्कीएको पदम बहादुर नेपालिका छोरा कुलदेव परिवारले बताए।
आफुहरु भान्छा कोठामा भएको र घर अर्को कुनाबाट भत्कीएको हुनाले मान्छेलाई केहि नभएको उनले बताए।
घर वर्षाले भत्कीएको हो ,घरले मानिसलाई केहि नभएपनि लत्ता कपडा ,भाडा कुँडा सबै पुरेको छ।
पदम नेपालीको जीवन दैनिय छ ,उनको गाँउमा धेरै खेतबारी पनि छैन। भएको केहि करेसाबारी पनि बर्षाले बगाएको छ ।
पदम बहादुर नेपालीका एक छोरा भारतमा लकडाउनले गर्दा अल्पत्रमै छन्।