surkhet

कर्णाली प्रदेशका तिन जिल्लमा छैन अब कोरोना ,

surkhet

साउन २० ,सुर्खेत – कर्णाली प्रदेशका ३ जिल्ला कोरोनामुक्त भएका छन्। हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाकारी दिए ।

Gorkha

अब कर्णालीका सात जिल्लमा मात्र कोरोना संक्रमणका बिरामी छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो ।ति सबै निको भएर घर फर्किसकेका छन्।

अब भने सुर्खेतमा ३५ जना, दैलेखमा १ सय २४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना गरेर १ सय ९५ जना संक्रमित आइसोलेसनमा उपचारार्थ रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जनाकारी दिए

salyan