सप्तरीमा ३ जनाको मृत्यु लक्षण हेर्दा कोरोनासंग मिल्दा जुल्दा ,
साउन २१ ,सप्तरी – सप्तरीमा ३ जनाको मृत्यु भएको छ। मलेसियाबाट आएर होम क्वारेईनटाईन बसेका एक जना र दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
तिनै जनामा कोरोनाका जस्ता लक्षण देखापरेका छन्। केहि महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय सप्तरीको रुपनी गाउँपालिका ५ स्थित गढियामाका एक पुरुषको मृत्यु भएको हो।
होम क्वारेईनटाईनमा रहेका उनको मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।
तेहाँ उपचार हुननसकेपछि धरानतर्फा पठाउँदा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए । तेस्तै अन्य दुई जनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनिअहरुको स्वास्थ्यमामा समस्या भएपछि उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।
डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।
उनीहरु तिनै जनाको स्वाब संकलन गर्ने काम भईरहेको र टोलि खटाईसकीएको यादवले जानकारी दिए।
मृत्यु भएका रुपनी गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ ।
स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।