मरेको लासलाई जिउदो गराउछु भनेर पास्टरले सात दिन सम्म शव घरमा राखेपछि,
साउन २१ ,काठमान्डौ – कैलालीको टीकापुर १ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पास्टरले पाँच दिनसम्म लास घरमै राखिएको खुलेको छ ।
घरमा लास सडेर गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि यस्तो रहस्य खुलेको हो।
शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको विरामी रहेका उनको कोहोलपुरमा उपचारपछि घरमा मृत्यु भएको थियो।
मृत्य हुनु भन्दा पाँच दिन अघि थप उपचारका लागि पास्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिएका छन्।
हामि नेपालि अन्ध विश्वासमा छौ ,पास्टरले पनि आफुले निको बनाउने र मरेको मानिसलाई उठाउने भनेपछि ईश्वरका परिवारले पनि पास्टरले भने जस्तै गरे।
पास्टर चौधरीले पनि लासलाई राखेर प्रथाना गरे तर मंगलबार बिहान गन्धले खान खान नसक्ने र छिमिकीमा समेत गन्ध फैलीएपछि बल्ल प्रहरी पुग्यो।
प्रहरीलेले ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको बताएको छ।
तर मंगलबार बिहान गन्धले खाना खान नसकी छिमेकीको घरमा गएको बताए।