भोलिबाट यातायातमा जोर बिजोर प्रणाली लागु गर्नेमा सरकार ,
साउन २१ ,काठमान्डौ – उपत्यकामा कोरोना भाईरसका संक्रमण बढ्दै गएपछि सरकारले यातायातका साधन सञ्चालनमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उपत्यका र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको गृह मन्त्रालयले सबैमा सुचना गरेको हो ।
तेस्तै शहरी ईलाकामा आवागमनमा रोक लगाउने समेत सरकारले निर्णय गरेको छ। यो निर्णय बिहिबार देखि लागु हुने छ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो ।