प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई देखियो कोरोना ,
साउन २२ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना भाईरस संक्रमण पोजेटिभ देखिएको छ।
बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।
जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनीहरु खुमलटारमा बाहिरी घेरामा खटिएका सुरक्षाकर्मीलाई हुन्।
सुरक्षाकर्मीमा कोरोन देखिएपनि परिवारका कुनैपनि सदस्यलाई कोरोना नदेखीएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए।