surkhet

ओली प्रचण्डलाई वार्तामा बसाल्न नेम्वाङपुगे प्रचण्डलाई भेट्न ,

surkhet

साउन २२ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको वार्ता अनिश्चित भएपछि संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रचण्डलाई भेट्न पुगेका छन्।

अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा प्रचण्डले नेम्वाङसँग कुरा गर्न चाहेको बताएपछि बालुवाटारले पठाएको स्रोतले जनाएको हो ।

गत आईतबार देहि लगातार दुई अध्यक्षबीच छलफल भएपनि बुधबारको छलफल भने हुनसकेन।

Dailekh

बुधबार हुन नसकेको छलफल बिहिबार हुने भनेपनि अहिले सम्म टुंगो नरहेको प्रधानमन्त्रीका प्रेस सल्हाकार सुर्य थापाले जानकारी गरे।

Gorkha

झण्डै एक घण्टा खुमलटारमा बसेका नेम्वाङले प्रचण्डसँग बुधबार चार नेताले गरेको पत्रकार सम्मेलन र त्यसले पैदा गरेको तरङगका बारेमा कुराकानी गरेका थिए ।

नेम्वाङले अन्य के के कुरा भयो भन्ने भने बताउन चाहेनन् ,सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए ।

प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने नेम्वाङले बताएका छन्।

अहिले नेकपामा अन्तरविरोध छ सरकारको नेतृत्वकर्ता केपी ओली ‘आफै पार्टी र आफै राज्य’को शैलीमा अघि बढेकाले समस्या उत्पन्न भएको सबैको भनाई छ ।

salyan