कुन प्रदेशमा कति कोरोना सक्रिय बिरामी कर्णालीमा २६३

साउन २२ ,काठमान्डौ – हाल देशभर ६ हजार २ सय ९६ जना कोरोनाका सक्रिय बिरामीको उपचार भईरहेको छ।

ति मध्ये प्रदेश एकमा ३५८ ,प्रदेश दुईमा २६९३, वाग्मती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश पाँचमा ३७७ कर्णालीमा २६३ सुदुरपस्चिम प्रदेशमा १ हजार ४९० रहेका छन्।

तेस्तै हाल प्रदेश एकमा १ हजार ६५० जना ,प्रदेश दुईमा १ हजार २०८ ,वाग्मती प्रदेशमा ७८४ ,गण्डकी प्रदेशमा २ हजार ५६४ ,प्रदेश पाँचमा १ हजार ३१२ ,कर्णाली प्रदेशमा ४२६ र सुदुरपश्चिम प्रदेशमा १ हजार ५२६ गरि जम्मा ९ हजार ४७० जना क्वारिनटिनमा रहेका छन्।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लाहरु पर्सा रौतहट,महोत्तरी, काठमान्डौ ,कैलाली ,रहेका छन् भने कोरोना शुन्य रहेका ६ जिल्ला छन् जसमा कोटाङ्ग ,धनकुटा ,संखुवासभा ,मनाङ्ग ,मुस्ताङ्ग ,र रुकुम पश्चिम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल सम्म कोरोनाले ६५ जनाको मृत्यु भएको छ।