प्रचण्ड परिवार निवासका सबैको रिपोर्ट नेगेटिभ ,
साउन २२ ,काठमान्डौ – नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसहित उनका परिवारका सबै सदस्यको कोरोना नेगेटिभ आएको छ।
दाहाल निवासको बाहिरि चेकपोस्टमा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि दाहालसहित उनका परिवारका सबै सदस्यको स्वाव परीक्षण गरिएको थियो ।
प्रचण्डसहित उनका परिवार, सचिवालयका कर्मचारी सुरक्षाकर्मी गरेर ५३ जनाको परीक्षण गरिएको थियाे।